शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरोमा परि बेपत्ता भएका मध्ये एक नेपालीको शव भारतमा भेटियो

शुक्रबार, ०२ भदौ २०७४, २२ : २७
शुक्रबार, ०२ भदौ २०७४

 

लोकेन्द्रप्रसाद जोशी

दार्चुला– भारतको उत्तराखण्डस्थित मलपामा भीषण वर्षाका कारण गत साउन ३० गते बाढीपहिरोमा परि बेपत्ता भएका मध्ये एक नेपालीको शव भेटिएको छ । उक्त बाढी पहिरोबाट दर्जनौ मानिस बेपत्ता, घाइते र मृत्यु भएका छन् । 

पहिरो गएको सुरुकै दिनमा १७ जनाको मृत्यु र कम्तिमा ११ जना बेपत्ता भएको खुलेको थियो । जसमध्ये धेरै नेपाली मजदुरहरु समेत रहेको खुल्दै गइरहेको छ ।
भारतको बालुवाकोटमा जाजरकोट घर भएका एक नेपालीको शब भेटिएको हो । मालपा पहिरोमा २ जना नेपालीको सब यसअघि नै भेट्टिएको थियो ।

धारचुलाको मालपा पहिरो पछि जाजरकोट जिल्लाको कुसे गाउँपालिका ५ जर्गाउ बस्ने अन्दाजी ३० बर्षका बीरबहादुर थापाको शब भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भारतीय प्रहरीले नेपालीको शब भेट्टिएको बताएपछि बालुवाकोटबाट सब ल्याएर अन्तीम दाहसंस्कार गरीएको मृतकका भाइ शेरबहादुर थापाले जानकारी दिए । मालपाबाट महाकाली नदिले सब बगाएर बालुवाकोट पुर्याएको हो ।

मालपा पहिरोका कारण ठुलो मात्रामा जनधनको क्षति भएको छ । अझै धेरै मानिस बेपत्ता रहेको बताइएको छ ।  नेपाली कामदार सो क्षेत्रमा मजदुरीकालागी जाने भएकोले दार्चुला र अन्य जिल्लाका दर्जन बढी मानिसको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि सन् १९९८ अगस्ट १७ को राति भीषण बाढी सो क्षेत्रमा पहिरोले ६० जना कैलाश मानसरोवर दर्शनार्थी, आइटीबीपी पुलिस जवानसहित २ सय ६० जनाको ज्यान गएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप