पेसेन्ट सेफ्टी मापदण्डअनुसार उपचार गर्न चिकित्सकलाई काउन्सिलको अनुरोध
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आज छुट्टाछुट्टै सूचना जारी गर्दै चिकित्सक र नागरिक दुबै पक्षको ध्यानकर्षण गराएको छ । काउन्सिलले आज जारी गरेको सूचनामा नेपालमा केही समययता उपचारको क्रममा स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तहरुबीच असमझ्दारी भई घटनाहरु आक्रामक हुँदै गएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।
साथै काउन्सिलले नागरिकलाई स्वास्थ्य सेवा चित्त नबुझ्दा अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हातपात गर्नेभन्दा पनि कानूनी बाटो रोज्नको लागि आग्रह गरेको छ । चिकित्सकको सेवाको बारेमा कुनै गम्भिर गुनासो भएमा काउन्सिलमा उजुरी गर्न पनि अनुरोध गरिएको हो ।
काउन्सिलले सूचना जारी गर्दै बिरामीको उपचार, औषधीमा कमिशन लिने र दिने गरेको समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि चिकित्सकले औषधि लेखेवापत अथवा कुनै विज्ञलाई प्रेषण गरेबापत थप सुविधा, कमिशन वा बोनस स्वीकार गर्नू’ काउन्सिलको आचारसंहिता विपरित भएको भन्दै यस्ता कार्य नगराउन र नगर्न दर्तावाला चिकित्सकहरुलाई अनुरोध गरेको छ ।
काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई उपचारको क्रममा पेसेन्ट सेफ्टीको मापदण्डअनुसार सेवा प्रदान गर्नको लागि पनि सूचना मार्फत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान