शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री राहत कोषमा ग्लोबल आईएमईको ६५ लाख

शुक्रबार, ०२ भदौ २०७४, २२ : १८
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालज्यूले उक्त रकमको चेक सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेको हो ।  

कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरि कुल रु. ६५ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो । 

अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको बताए । 
बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहनेहरुका लागि ”प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार” को नाममा ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ”०४११०१००००००५” मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप