शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकारका प्रवक्ताको प्रश्न : पैसाको चलखेल गरेर मन्त्री बनायो भनेर कसले आरोप लगायो ?

बिहीबार, ०५ मङ्सिर २०७६, १६ : ५४
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पैसाको चलखेल गरेर मन्त्री बनेको कुरामा कुनै दम नभएको बताएका छन् । मन्त्रालयमा बिहिबार गरिएको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनलेपैसाको चलखेल गरेर मन्त्री बन्ने वा नबन्ने कसले आरोप लगायो थाहा नभएको बताए ।  

उनले राजनीतिक निष्ठा, संघर्ष र निरन्तरको सेवाबाट मन्त्री बन्ने बताउँदै त्यस्तो  आरोपमा कुनै दम पनि नभएको बताए । उनले प्रश्नकर्ता सञ्चारकर्मीलाई नै को सत्तापक्षको नेताले यस्तो  भनेको भनेर प्रश्न गरे ।

उनले सुझाव दिए, ‘मनोवादिता नगरेर पत्रकारिकता गर्नुस् । सत्तापक्षको नेता भनेपछि पुष्टि गर्नुप¥यो । तपाई पुष्टि गर्न सक्नुहुन्छ ।’  उने सरकारको पुनर्गठन स्वभाविक कुरा भएको र यो पहिलोपटक गरिएको पुनर्गठन नभएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप