शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको भूतखोलामा मानव कङ्काल फेला

बिहीबार, ०५ मङ्सिर २०७६, १६ : ४२
बिहीबार, ०५ मङ्सिर २०७६

पाल्पा– पाल्पा जिल्लाको  तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बिहीबार बिहान बेवारिसे अवस्थामा मानव कङ्काल स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू अप्ठ्यारो ठाउँमा मानव कंकाल भेटिएको हो । त्यसको केहि माथि रूखमा सर्ट अर्थात् कमिज बाँधिएको अवस्था भेटिएको छ । सर्टमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

घटनास्थलमा एउटा झोलासमेत भेटिएको छ । झोलाभित्र रहेको रातो टिसर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा लेखिएको छ । तर, पुरुष वा महिला कसको भन्ने समाचार तयार पार्दासम्म खुलेको छैन् । उक्त कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप