शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले गर्यो एटीआरको परीक्षण उडान

शुक्रबार, ०२ भदौ २०७४, २२ : ११
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– यती एयरलाइन्सले आफ्नो सर्वाधिक नयाँ योंगेस्ट एटीआर ७२–५०० एयरक्राफ्टको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौं आन्तरिक विमानस्थलबाट करिव दिउँसो १२ः१५ बजे ४१ सदस्यसहित छुटेको विमानले भैरहवा विमानस्थलमा करिव ३ः५०मा सफलतापूर्वक अवतरण गरेको थियो । 

विमानको सञ्चालन क्याप्टेन ग्याब्रियल सी कुण्डा र क्याप्टेन रुपकुमार सिद्धिले गरेका थिए । क्याप्टेन डीआर निरौलाद्वारा लिड गरिएको उक्त फ्लाइटमा सीएएएनका प्रतिनिधि तथा प्यानल सदस्यहरुले समेत यात्रा गरेका थिए । 

सफल परिषण उडानको रिपोर्ट सीएएएनलाई हस्तान्तरण गरिसकिएको कम्पनीले जानकारी दिएको छ । सीएएएनबाट क्लियरेन्स प्राप्त भएसँगै उडानले निरन्तरता पाउने यतीले जानकारी दिइएको छ ।

यती एयरलाइन्सले एटीआर ७२–५०० विमानको सञ्चालन पहिलो चरणमा नेपालगञ्ज र बिराटनगर मार्फत गर्नेछ । 

एनएसीबाटै पट्टे वित्त सहयोग प्राप्त आरटीआर ७२–५००कै दोस्रो विमान प्राप्त भएसँगै यती एयरलाइन्सले भद्रपुर र भैरहवामा समेत आफ्नो सेवा सुचारु गर्ने योजना बनाएको छ ।

यती एयरलाइन्सले आफ्नो दोस्रो विमानको स्वामित्व यही सेप्टेम्बर महिनामै प्राप्त हुने जानकारी दिएको छ ।

६५ सदस्यसहित उडान भरेको परीक्षण उडानको सफल भएसँगै छिट्टै नै भैरहवामा दैनिक उडान सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप