शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकाताको गल्लीमा लाखौं रुपैयाँ वर्षियो, पैदलयात्री मालामाल

बिहीबार, ०५ मङ्सिर २०७६, १४ : ५३
बिहीबार, ०५ मङ्सिर २०७६

कोलकाता । सहरको गल्लीमा हिँडिरहेको समयमा तपाईकै सामुन्ने माथिबाट धमाधम १००, ५०० रुपैयाँका नोट वर्षिन थाल्यो भने !  यो कल्पनाको कुरामात्र हो, तर भारतको कोलकातामा बुधबार एउटा गल्लीका यात्री यस्तै घटनाका कारण मालामाल भएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार बुधबार कोलकाताको एउटा अग्लो भवनको झ्यालबाट १००, ५०० र २००० दरका भारु नोटको वर्षा भएको हो । बटुवाहरु अचानक माथिबाट नोटको वर्षा भएको देखेर चकित परे । कोही तस्बिर र भिडियो बनाउन व्यस्त भए भने कोही गल्लीमा खसेका नोट टिप्न व्यस्त रहे ।

भारतीय समाचार च्यानल ‘एनडिटिभी’ का अनुसार कोलकाताको २७ नम्बर बेंन्टिंक स्ट्रीटमा यसरी नोटको वर्षा भएको हो । डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) को टिमले उक्त भवनमा रहेको आयात–निर्यातसम्बन्धी एउटा कार्यालयमा छापा मार्न पुगेपछि कार्यालयका कर्मचारीले झ्यालबाट ठूलो परिमाणमा रकम फालेका थिए ।

डिआरआई स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केही कर्मचारी उक्त भवनमा रहेको आयात–निर्यातसम्बन्धी कार्यालयमा अनुसन्धानका लागि पुगेका थिए । गल्लीमा फालिएका भारु नोट र डिआरआई टिमले छापा मारेको कार्यालयबीच कुनै सम्बन्ध छ या छैन भन्ने प्रष्ट भइसकेको छैन ।


 
  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप