शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एसएमएल इसुजुका ग्लोवल सिरिजका ट्रक तथा टिपरहरु सार्वजनिक

बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ४१
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं– लक्ष्मी कमर्शियल भेइकल (पहिले गोल्ड फिश इन्टरनेशनल) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपर बजारमा ल्याएको छ । 

लक्ष्मी गु्रपको सहायक कम्पनी लक्ष्मी कमर्शियल भेइकल नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले जीएफआई सर्भिसेजको नाममा आज काठमाडौंको नैकाप गुर्जुधारा स्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा फैलिएको छ । 

उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । 

यस थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।

आज उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । 

नयाँ सुरुवात इसुजु डिजाइनको फिलोसोफीमा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएको छ । 

सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो ड्राइभिलिटी उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।

लक्ष्मी कमर्शियल भेइकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ  । 

यसमा S7 series Buses, Standard Buses, Executive LX Coaches, Eco Max-Buses, Samrat & Super series Truck & Tippers and Sartaj 4WD गाडीहरु समावेश छ ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन सुरु ग¥यो । 

एसएमएल इसुजु पीएस जपानिज मल्टी नेशनल सुमितोमो कर्पोर्रेशन –इसुजु मोटर बीचको संयुक्त लगानीयुक्त कम्पनी हो । 

यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिक/निजी सवारीसाधनहरु उत्पादन वा उत्पादन प्रविधिमा मात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कृती र मुल्य प्रणालीको निर्माण गर्दै आएको छ, जसको कारण कम्पनीलाई विश्वासका साथसाथै अघि बढ्न पनि मद्दत पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप