मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपीडितको सहयोगार्थ एशियन थाइ फुड्सको रक्तदान

शुक्रबार, ०२ भदौ २०७४, २१ : ५६
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– बाढी पहिरो र डुबानका कारण ठूलो धनजनको क्षति भइरहेकाबेला एशियन थाइ फुड्सले सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बाढीपीडितको बाढीबाट भएका घाइतेहरुकालाई रगत आवश्यक भएको भन्दै उनीहरुले रक्तदान गरेका हुन् ।  

एशियन थाई फुड्सले सोनापुर सुनसरीमो सहयोग स्वरुप “रक्तदान” कार्यक्रमको आयोजना गरेको थियो । उल्लेखनीय संख्यामा त्यहाँ उपस्थित भएका व्यक्तिहरुले यस सामाजिक सहकार्यमा आफ्नो उल्लेखनीय योगदान पु¥याएका थिए ।

उक्त रक्तदान कार्यक्रमबाट संकलन भएको ८० पिन्टस् रगत बाढी पहिरोमा परेका परिवारहरुको सहयोगमा प्रयोग गरिने एसियन थाई फुडले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप