बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्यूठान नगरपालिकाको वजेट साढे ५७ करोड

शुक्रबार, ०२ भदौ २०७४, २१ : ३८
शुक्रबार, ०२ भदौ २०७४

राधिका भुसाल 

प्यूठान– प्यूठान नगरपालिका प्यूठानले चालु वर्षका लागि नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । नगरपालिकाको प्रथम सभाबाट आर्थिक वर्ष २०७४/०७५ का लागि नीति कार्यक्रमसहित ५७ करोड ४४ लाख ३० हजार ७ सय ३६ रुपैया वजेट पारित गरेको हो । 

सभाबाट चालु तर्फ रु. १८ करोड ८१ लाख १५ हजार ८ सय ९४ रुपैया वजेट विनियोजन गरिएको छ भने पूँजीगत तर्फ रु ३२ करोड ४८ लाख ४१ हजार २ सय ४३ रुपैया विनियोजन गरिएको छ । बाँकी बजेट विषयगत कार्यालय र सामाजिक सुरक्षा तर्फ रहेको छ । 

नेपालको तराई क्षेत्रमा भएको ढुवान र आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुलाई रु. १ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत राहत उपलब्ध गराउने निर्णय भएका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए । 

स्वर्गीय सञ्जय पण्डित सडक मार्ग निर्माण गरिने 

प्यूठान नगरपालिकाले विश्व कृतिमानी आरोही अल्ट्रा धावक स्व. सन्जय पण्डितको सम्झनाको लागि सडकमार्ग निर्माण गर्ने निर्णय गरेको छ ।

खेलकुद तथा पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै जोस् र जाँगरका साथ विश्व कृतिमान राख्न सफल पण्डितको प्यूठान नगरपालिका ८ टिकुरीमा रहेको निर्माणाधिन नयाँ बसपार्क देखि बाग्दुला वजारसम्मका लागि रहेको सडक निर्माण र सन्जय पण्डितको नाममा नामाकरणको लागि ३० लाख विनियोजन गरिएको नगर प्रमुख कक्षपतिले जानकारी दिए । साथै नगरसभाबाट आरोही  जीवनवृत समावेश भएको डकुमेण्ट्री बनाउने निर्णय गरिएको छ । 

नमुना नगर बनाउन एक वडा एक उत्पादक कार्यक्रम

नमुना नगर बनाउनका लागि नगर सभाले नगरपालिका भित्र रहेका १० वडाहरुलाई नमुना वडा वा  एक वडा एक उत्पादन योजना अघि सारिएको छ ।  

सभाले वडा नं १ लाई नमुना बालमैत्री, वडा नं.२ “वन तथा वातारण संरक्षण, वडा नं. ३ “सहकारीमा”, वडा नं. ४ “ रकारी पकेट तथा प्लाष्टिकरहित”, वडा नं. ५ “बाख्रा पकेट क्षेत्र तथा धुँवारहित”, वडा नं. ६ “पुर्ण सरसफाई”, वडा नं. ७ “लैगिंक हिंसारहित”, वडा नं. ८ “एक घर एक धारायुक्त”, वडा नं.९ “नमुना उद्योग” र वडा नं. १० लाई फलफुलमा पकेट क्षेत्रको रुपमा चिनाउनका लागि अभियानको रुपमा कार्यक्रम चलाउने गरी निर्णय भएको प्रमुख कक्षपतिले जानकारी दिए । 

‘एक घर एक रोजगार, एक धारा, नमुना उद्योग, १२ महिना चल्ने सडक, एक गाउँ एक प्राविधिक, बैंक मार्फत सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकको निशुल्क आँखा उपाचार, बालमैत्री सरकार, शिशुस्याहार केन्द्र निर्माण, जातिय विभेदको अन्त्य लगायतका विषयमा वजेटले समेटेकाले नमुना नगर बनाउने कार्यको थालनी भएको महशुस भएको नगरप्रमुख कक्षपतिले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप