बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नयाँ मन्त्रीहरुको शपथग्रहण

बिहीबार, ०५ मङ्सिर २०७६, ११ : ५३
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले शपथग्रहण गरेका छन् । बिहीबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । 

केपी शर्मा ओलीले बुधबार बेलुका आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई समावेश गरेका थिए । 

पुनर्गठित मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले शपथ लिएका हुन् । 

यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको शपथ लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप