मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

देवरसँग थियो भाउजुको अफेयर, मर्ने बेलामा भनिन्, ‘श्रीमान्–छोरीलाई भनिदिनु’

बिहीबार, ०५ मङ्सिर २०७६, १० : १८
बिहीबार, ०५ मङ्सिर २०७६

सोसल नेटवर्किङ साइट रेडिटमा एक व्यक्तिले आफ्नो अफेयरबारे  खुलासा गर्दै मानिसहरुसँग सल्लाह मागेका छन् । अमेरिकाका यी व्यक्तिका अनुसार उनको आफ्ना दाइकी श्रीमती एप्रिलसँग अफेयर थियो । उक्त अफेयर विवाहपछि सुरु भएको थियो । त्यति नै बेला दुबैबीच यौन सम्बन्ध स्थापित भयो जसका कारण एप्रिल गर्भवती भइन् ।

उक्त अफेयर केही दिनको लागि मात्र थियो । यी दुईले आपसी सहमतिमा यसबारे कसैलाई पनि भनक पर्न नदिने निर्णय गरे ।

त्यसपछि एप्रिलले छोरीलाई जन्म दिइन् जसको नाम लेसी राखियो । ती व्यक्तिका अनुसार लेसी जतिजति हुर्कंदै गइन् त्यति नै ऊ जस्तै देखिन थालिन् । एप्रिलले पनि जतिबेला उनीहरुबीच यौन सम्बन्ध स्थापित भएको थियो त्यो हिसाबले लेसी उनकै छोरी भएको बताएकी थिइन् ।

त्यसको केही समयपछि एप्रिललाई क्यान्सर भएको पत्ता लाग्यो । श्रीमतीलाई यस्तो रोग लागेको थाहा पाएपछि विल पूर्ण रुपमा विक्षिप्त भएका थिए ।

एप्रिलले पनि आफ्नो रोगबारे थाहा पाएपछि देवरसामू आफ्नो सम्बन्धबारे श्रीमान् र छोरीलाई जानकारी दिइयोस् भन्ने इच्छा व्यक्त गरिन् । देवरबाट विललाई सबै वास्तविकता बताउने वचन पनि लिइन् ।

ती व्यक्तिले लेखे, ‘गत महिना एप्रिलको मृत्यु भयो र अहिलेसम्म मैले हामी दुईको सम्बन्ध र लेसीबारे बताएको छैन । एप्रिलको मृत्यु भएदेखि नै विल शोकमा छन् र यो सबै बताउन मैले हिम्मत गरिरहेको छैन ।’

‘विलले लेसीलाई आफ्नै छोरी मान्छन् र उनलाई निकै प्रेम गर्छन् , एप्रिलको मृत्युपछि लेसी नै उनको सहारा हुन् । यस्तो अवस्थामा जब उनलाई लेसी पनि मेरै छोरी हो भन्ने थाहा भए, उनीमाथि के आइलाग्ला ?’ उनले जान्न चाहेका छन् ।

यो कुरा सबैमाझ सेयर गरेर आफूले के गर्दा ठिक होला भनेर उनी जान्न चाहन्छन् । आफूले एप्रिलको अन्तिम इच्छा पूरा गर्न चाहेको पनि उनले बताए ।

यो पोष्ट पढेपछि मानिसहरुको विभिन्न प्रतिक्रिया र सल्लाह दिएका छन् । धेरैजसो मानिसहरुले एप्रिल अब यो दुनियाँमा नभएकोले बिललाई यी सबै कुरा बताउनु ठिक नभएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप