शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारको चुनावः अध्यक्षकै आकांक्षीहरुले एकले अर्काको यसरी उछितो काढे

शुक्रबार, ०२ भदौ २०७४, २१ : ०१
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिँदै गर्दा पत्रकारलाई चुनावले छोपेको छ । पत्रकारहरुको हकहित र पेशागत अधिकारको आवाज उठाउँदै नेतृत्वको आकांक्षी देखिएकाहरुले नै एकअर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

आइतबारदेखि राजधानीमा शुरु हुने पत्रकार महासंघको २५ औं महाधिवेशनशो पूर्वसन्ध्यामा अध्यक्षकै आकांक्षीहरुले आफूले ब्यसायिक पत्रकार भएकोले पत्रकारको हितमा काम गर्ने दाबी मात्र गरेनन्, जीतको समेत दाबी गरे । रिपोटर्स क्लवमा शुक्रबार भएको साक्षात्कारमा उनीहरुले एकले अकोृको उछितो काढे । 

पत्रकार महासंघका महासचिव तथा अगामी नेतृत्वको आकांक्षी उजीर मगरले अहिलेसम्म घोषित दुई पत्रकारलाई वास्तविक पत्रकार नै नभएको दाबी गरे । 
अर्का प्रत्यासी गोविन्द आचार्यले जिल्लाको अध्यक्ष समेत हुन नसकेको अनुभवविहीन ब्यक्तित्व भन्दै तीर्थ कोइरालाको उछितो काढे भने उजीर मगरलाई नेतृत्व गर्ने समय नभएको टिप्पणी गरे । 

यस्तै, अध्यक्षका अर्का प्रत्यासी तीर्थ कोइरालाले पत्रकारहरुका हकहित र स्वतन्त्रताका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले राजनीति कार्यकर्ता पत्रकार महासंघको नेतृत्वमा आउन नहुने जिकिर गरे । कोइराला एमालेका पत्रकारहरुको संगठन प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् । 

आचार्यले कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनको समर्थनमा माओवादी केन्द्र निकट प्रेस सेन्टरकातर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् । मगर भने प्रेस सेन्टरबाट टिकट नपाएपछि स्वतन्त्र ढंगले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । 

यस्ता छन्, तीन प्रतिष्पर्धीको प्रतिबद्धता 

एक कार्यकाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष तथा पत्रकारहरुको न्युनतम पारिश्रमिक समितिका अध्यक्ष भइसकेका गोविन्द आचार्यले आफुले महासंघको नेतृत्व पाएमा श्रमजिवी पत्रकार ऐनलाई अनुकुल ऐन बनाउने प्रतिवद्धता जनाए ।  

उनले आफू विजयी भएको दिनदेखि सबै पत्रकारको हातमा नियुक्ति पत्र हुने प्रतिवद्धता जनाए । न्यूनतम पारिश्रमीक, जीवन बिमा, प्रेस स्वतन्त्रा र पत्रकारीतामा लागेका पत्रकारको दक्षता बृद्धिको लागि महत्वपूर्ण काम गर्ने उनले प्रतिवद्धता जनाए । 

त्यस्तै, स्वतन्त्र तर्फका उम्मेदवार उजीर मगरले २५ बर्षदेखि आफूले पूर्ण स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरेको बताउँदै राज्यको पैसा लिने र मिडिया चलाउनेहरुले स्वतन्त्रता र पत्रकारको हितको निम्ति काम गर्छु भन्न लाज मान्नुपर्ने बताए । पत्रकारितालाई एउटा राजनीतिक संगठनको आँखाले हेर्नेले पत्रकारको हितका काम गर्न नसक्ने मगरले टिप्पणी गरे । 

प्रेस युनियन र प्रेस सेन्टर तर्फका उपाध्यक्षका उम्मेद्धार विपुल पोखरेल, समावेशी तर्फका उपाध्यक्ष दीलिप थापामगर, महासचिवका उम्मेदवार रमेश बिष्ट, प्रेस यूनियन र प्रेस सेन्टरतर्फका सचिवका उम्मेदवार रामप्रसाद दाहाल लगायतले पत्रकारको हितमा आफूले र आफूले गठबन्धनले जितेमा मात्रै काम गर्न सक्ने दाबी गरेका थिए । 

को को छन् प्रतिष्पर्धामा ? 

आसन्न महाधिवेशनमा महासंघको नेतृत्वका लागि मुख्यतः गोविन्द आचार्य र तीर्थ कोइरालाबीच प्रतिष्पर्धा हुने देखिएको छ । आचार्य प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार हुन् भने कोइराला प्रेस चौतारीबाट उम्मेदवार बनेका हुन् । 

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उजीर मगर भने पत्रकार महासंघका वर्तमान महासचिव हुन् । प्रेस सेन्टरका मगर संगठनबाट अध्यक्ष नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 

यसैगरी, महासंघको नेतृत्वका लागि नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट इन्द्र राउतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप