बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

बिहीबार, ०५ मङ्सिर २०७६, ०७ : ३३
बिहीबार, ०५ मङ्सिर २०७६

राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । 

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए ।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए ।

उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्नेसित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए ।

आजको राजधानी दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप