बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर ५ गतेको तपाईंको राशिफल यस्तो छ

बिहीबार, ०५ मङ्सिर २०७६, ०६ : ४६
बिहीबार, ०५ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर ०५ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि नवमी, ०७ घडी १६ पला, बिहान ०९ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाफाल्गुनी, २७ घडी ०९ पला, बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग वैधृति, २३ घडी ३३ पला, दिउँसो ०३ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण गर, बिहान ०९ बजेर २४ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा गद योग । चन्द्रराशि सिंह, बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त कन्या । 

काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ३४ पला । टेलिभिजन दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको लडाईमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पूरा हुनेछन्  ।
 
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कृषि तथा सहकारी व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिने छ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिने छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विशेष पद पाउउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमुलक यात्रा तय गर्न सकिने छ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै  पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो  काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिने छ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिने छ । प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मेहम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्तजनसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि थाति रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे  आम्दानी गर्न सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिने छ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालन मार्फत् नयाँ काम गर्न सकिने छ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  गीतसंगीत क्षेत्रमा रुचि बढ्ने हुँदा  केहि समय रमाइलो तिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने छ । आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय रहेको छ  । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिने छ । बिद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिने छ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्ने छ भने अप्रिय घट्ना घट्न सक्छ, ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानी न्युन हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी  भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप