मातृका यादवले मन्त्रीक्वार्टर छाडे, सुरक्षाकर्मी भने फर्किन मानेनन्
काठमाडौं । उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रीबाट विदाई भएको औपचारिक घोषणा हुनु अघिनै मातृका यादवले मन्त्री क्वाटर छाडेका छन् । यादव बुधबार अपरान्ह भक्तपुरको ठिमीस्थित चारदोबाटोमा सरेका हुन् । उनले सरकारले उपलव्ध गराएको गाडी समेत छाडेका छन् ।
मन्त्री क्वार्टर छाडेर चारदोबाटोमा बस्न थालेपनि सुरक्षाकर्मीले भने उनलाई सुरक्षा दिइरहेको जनाइएको छ । यादवले सुरक्षाकर्मीलाई समेत फिर्ता गर्न चाहेका थिए तर सेनाले माथिबाट निर्देशन नआएसम्म साथ छाड्न नमिल्ने भनेपछि सुरक्षाकमीहरु भने सँगै रहेको जनाइएको छ । यादवको प्रधानमन्त्री ओलीसँग पहिलादेखि टसल चलिरहेको थियो ।
प्रधानमन्त्री ओलीसँग टसल बढेपछि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने पहिलादेखि नै सरकार छाड्ने चेतावनी दिँदै आएका थिए तर प्रचण्डले उनलाई रोक्दै आएका थिए । बुधबार साँझ प्रधानमन्त्री ओलीले उनी लगायत केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु