शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाबाट विभाजित राणाले हाले सर्वोच्चमा रिट

शुक्रबार, ०२ भदौ २०७४, २० : ००
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अलग भइ नयाँ पार्टी गठन गरेका पशुपति शम्शेर राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

नवगठित राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी दर्ताका लागि एकपटक हस्ताक्षर गरेकालाई नै मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।  

निर्वाचन आयोगलाई विपक्षी बनाई शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि एकपटक बुझाएको हस्ताक्षरलाई मान्यता दिनुपर्ने माग गरिएको छ । 

राप्रपाबाट साउन २२ गते फुटेपछि राप्रपा लोकतान्त्रिक नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा ६९ जना पार्टीका नेता कार्यकर्ताको हस्ताक्षर बुझाएको थियो तर आयोगले पुनःनाम सनाखत गर्नका लागि भदौ ४ गतेसम्मका लागि समय दिएको सूचना सार्वजनिक गरेपछि राणाले अर्को रिट दायर गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप