बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन

बुधबार, ०४ मङ्सिर २०७६, २१ : १२
बुधबार, ०४ मङ्सिर २०७६

 भत्ततपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ । 

प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो । 

टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए । 

सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको खम्बा हटाउने कार्यको अवस्था, रूख कटानको अवस्थादेखि यहाँका सम्पूर्ण अवस्थाबारे टोलीले जानकारी लिएको उनले बताए । 

टोलीले सडकको निरीक्षणसँगै स्थानीय बासिन्दा, सङ्घर्ष समितिका व्यक्तिहरु र सरोकारवालाहरुबीच छलफल गरेको, समस्याको पहिचान गरेको, समस्या समाधानका लागि आएको सुझावहरुसमेत सङ्कलन गरेको उनले जानकारी दिए ।

 भक्तपुरको भत्केको पाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयलाई रिपोर्ट बनाएर प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप