बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री निवास भत्काउन शुरु

बुधबार, ०४ मङ्सिर २०७६, २१ : ०६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आउनुभएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । 

नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्नु हुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । 

गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप