बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन

बुधबार, ०४ मङ्सिर २०७६, १९ : १५
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । 

हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् बिस्तार गरिने बैंकले जनाएको छ । 

यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।

यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । 

आउँदा दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने विश्वास बैंकले लिएकोे छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप