बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा उम्मेदवार विमलाको गुनासो : एकल महिला भन्दै हेप्न खोजियो

बुधबार, ०४ मङ्सिर २०७६, १८ : ३१
बुधबार, ०४ मङ्सिर २०७६

बुटवल । दाङ क्षेत्र नम्वर ३ ‘ख’की नेकपा उम्मेदवार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई चेतावनी दिएकी छन् । भ्युडर सुनपुरमा भएको चुनावी टोल सभामा वलीले आफूलाई एकल महिला भनेर काँग्रेस नेताहरुले हेप्ने गरेको गुनासो गरिन् ।  

उनले भनिन्, ‘काँग्रेसका केही नेताले मेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु । त्यो अपमान मेरो मात्रै होइन । सबै एकल महिलाको मानमर्दन हो ।’

नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीले यसअघि नेकपा उम्मेदवार वलीलाई सेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आलोचना गरेको वलीले गुनासो छ ।

वलीले एकल महिला हुनु पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमान्को निधन पश्चात सेतो वस्त्र पहिरिएको बताइन् । एकल महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले महिलाको इज्जत गर्न सिक्न काँग्रेस नेताहरुलाई आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप