शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यु–१५ च्याम्पियनशीपः बंगलादेशबाट श्रीलंका पराजित

शुक्रबार, ०२ भदौ २०७४, १९ : १३
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं– काठमाडौंमा शुक्रबारशुरु भएको साफ पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनशीपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी शुरुआत गरेको छ । 

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औंँ मिनेटमा करिब १० यार्डबाट प्रहार गरेको बलले चाली चुम्यो । त्यस्तै खेलको ३२ औं थप एक गोल गर्दै उनले अग्रता दोब्बर बनाए ।  

पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशका येसिन अराफातले एक गोल थप्दै अग्रता तेब्बर बनाए । खेलको पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । फहिमले खेलको ७६ मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे । 

शनिबार अपराह्न ३ बजे समूह ‘बी’अन्तर्गत भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप