शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लभ यू हमेशा’ गीत : रोमान्टिक देखिए सुरज र ऋचा

बुधबार, ०४ मङ्सिर २०७६, १८ : १६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । ‘लभ यू हमेशा’ मंसिर १३ बाट देशभर प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यसको प्रचार समेत आक्रमक बनाएको छ । 

प्रचारकै क्रममा ‘लभ यू हमेशा’ को रोमान्टिम गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुरज गहतराज र ऋचा थापा देखिएका छन् । 

गीतमा सुरज र ऋचा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मेलिना राई र सुधिर राईको स्वर तथा भासुको शब्द संगीत रहेको छ ।  भाष्कर प्रधानको निर्देशनमा बनेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन । शिव ढकालको छायाँकन,  मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा सुरज र ऋचासँगै शिशिर राणा, गोपाल नेपाल लगायत कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप