शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकप्रिय बन्दै सिटिजन शुभारम्भ जीवन बिमा योजना

बुधबार, ०४ मङ्सिर २०७६, १६ : ५०
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु पस्किने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको ‘सिटिजन शुभारम्भ जीवन बिमा योजना’ लोकप्रिय बनेको छ ।

प्रचलनमा आएको केही दिनमै ‘सिटिजन शुभारम्भ जीवन बिमा योजना’ले नेपालीहरुको मन जित्न सफल भएको छ । 

कार्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बिमा योजनामा हालसम्म ३,००० भन्दा बढी बिमितहरु आवद्ध भएका छन् ।

बिमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बिमाङ्क रकममा बिमा गर्न सकिने यस बिमा योजनाले बिमा अवधिभर जोखिम बहन गरी बिमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । 

यस योजना मार्फत बिमितले साधारण मृत्युमा बिमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बिमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । 

यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बिमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप