बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन

बुधबार, ०४ मङ्सिर २०७६, १५ : ३९
बुधबार, ०४ मङ्सिर २०७६

मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले  कुनै निर्णय लिन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे । 

उनले प्रधानमन्त्रीले यसबारे प्रधानमन्त्रीले यसअघि नै संकेत गरिसकेको भन्दै छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुने पनि बताए । 


मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका दिए । 

ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । 

ओलीको सोही संकेतअनुसार बुधबारको सचिवालय बैठकले नयाँ चयनबारे निर्णय लिने अपेक्षा गरिएपनि करीब ३ घण्टा बसेको बैठक यो विषयमा कुनै निर्णय नगरी सकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप