शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडमा साउथ अभिनेत्री वेदिकाको ‘इन्ट्री’

बुधबार, ०४ मङ्सिर २०७६, १५ : २२
बुधबार, ०४ मङ्सिर २०७६

मुम्बई । दक्षिण भारतीय फिल्मका कयौँ अभिनेत्री बलिउड फिल्ममा प्रवेश गरेका छन् । तीमध्ये केही निर्माता निर्देशकको रोजाइमा मात्र होइन, दर्शकको मनपर्ने कलाकार समेत बन्न सफल भएका छन् ।

यस्तैमा अभिनेत्री वेदिका कुमार पनि बलिउड प्रवेश गर्ने भएकी छन् । उनी ‘द बडी’ फिल्म मार्फत बलिउडमा देखिन लागेकी हुन् ।

फिल्ममा मुख्य कलाकारको रुपमा इमरान हाशमी रहेका छन् । फिल्मको निर्देशन जीतु जोसेफले गरेका हुन् । जीतु २०१३ मा प्रदर्शित फिल्म दृश्यम पनि निर्देशन हुन् । 

बेदिका दक्षिण भारतीय फिल्मको चर्चित अनुहार हो । उनले मलयालम, तेलगु, तमिल लगायत धेरै भाषाका फिल्ममा समेत अभिनय गरेकी छन् । 

‘म राम्रो प्रोजेटको पर्खाइमा थिएँ’ उनले बलिउड डेब्युको बिषयमा भनिन् ‘‘द बडी’ ठिक लाग्यो ।’ ‘इमराम निकै ट्यालेन्ट अभिनेता हुन् । उनीसँग काम गर्न पाउँदा निकै खुसी छु’ उनले थपिन् । 

दक्षिण भारतीय फिल्म उद्योगमा वेदिका आकर्षक लुक तथा हट ड्रेससेन्सका कारण पनि चिनिने गर्दछिन् । तमिलको अलवा मलयालम, तेलगु, हिन्दी, अङ्ग्रेजी लगायत धेरै भाषामा समेत उनी बोल्न सक्दिछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप