शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता संग्रह क्लाउड्स प्रकाशित

बुधबार, ०४ मङ्सिर २०७६, १५ : ०५
बुधबार, ०४ मङ्सिर २०७६

युवा कवि आयाम बस्नेतको कविता संग्रह क्लाउड्स (Clouds)  प्रकाशित भएको छ ।

बुढानीलकण्ठ स्कुलमा ए लेवलमा अध्ययनरत आयामको सो कृति गत सोमबार सोही स्कुलको सभाहलमा कवि रामबाबु सुवेदीले लोकार्पण गरेका थिए ।

अंग्रेजी भाषामा लेखिएको यो कविता संग्रह सांग्रिला पुस्तक प्रकाशन प्रालिले प्रकाशित गरेको हो ।

त्रिविका प्रोफेसरद्वय अभि सुवेदी र गोविन्द भट्टराई तथा युनिभर्सिटी अफ इन्सब्रुक, अस्ट्रियाका लेक्चरर मोस्तफा भाजिरीको भूमिका/मन्तव्य समावेश सो कविता संग्रह वस्नेतको पहिलो कृति हो ।

भाजिरीको मन्तव्यमा व्यक्त ‘आयाम मावनीय कल्पना र लुकेको दृष्टिका उदाउँदा शिल्पी हुन्’ भन्ने शब्दावलीले नै पनि उनको लेखनकलाको पक्षलाई दर्शाउँदछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप