बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोका लागि सिजीले ल्यायो घरायसी सामाग्री

बुधबार, ०४ मङ्सिर २०७६, १२ : २४
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– नेपालको सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडोलाई लक्षित गरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । 

जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् । 

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । 

जाडोमा पनि सहजै सँग नुहाउन सकिने बनाउन सि.जी.ले तपाईको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । 

त्यसैगरी केहि समयमानै कुनै झ्नझ्ट विना पानि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । 

तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप