शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षीया पूजा चार दिनदेखि बेपत्ता

बुधबार, ०४ मङ्सिर २०७६, १० : ०५
बुधबार, ०४ मङ्सिर २०७६

बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् ।

ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी उनी मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी बुटवल जाने बस चढेर तम्घाससम्म आएको देख्ने स्थानीय एकजना पाका पुरुष छन् ।

पूजासँगै ईस्माबाट बसमा आएका उनका छिमेकी ती पुरुषले  तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भनेका थिए । तर पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको उनको भनाइ छ ।

त्यसपछि पूजालाई तम्घासमा देख्ने कोही भेटिएका छैनन् ।

पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसाद बताउँछन् ।

दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् । उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बताइएको छ ।

उनी सोही बसमा बुटवलतर्फ गएको हुन सक्ने आशंका गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप