शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर ४ गतेको तपाईंको राशिफल कस्तो छ ?

बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ३३
बुधबार, ०४ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि अष्टमी, १३ घडी ०३ पला, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त नवमी । नक्षत्र मघा, ३१ घडी १७ पला, बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग ऐन्द्र, ३१ घडी २२ पला, बेलुकी ०७ बजेर ०२ मिनेट उप्रान्त वैधृति । करण कौलव, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त गर । आनन्दादिमा चर योग । चन्द्रराशि सिंह  । 

काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३७ पला । गोरखकाली पूजा। बुधाष्टमी। भैरव–अष्टमी ।  विश्व बाल अधिकार दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको लडाईमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पूरा हुनेछन्  ।
 
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाढिनु पर्दा गाह्रो महसुस हुनेछ । पढाइ लेखाइ विभिन्न  कारणले अस्तवयस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारणले सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपहार प्राप्तिको योग छ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाईलो तथा अर्थपूर्ण यात्रा हुनाले मन प्रशन्न रहने छ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन्  । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले अध्ययन अध्यापनमा मन जानेछ । आफूलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्षित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिने छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिने छ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । सन्तुलित व्यवहार गर्न नसक्दा आफन्तहरु तपाईंदेखि टाढिनेछन् । माया प्रेममा अविश्वास तथा पति पत्नि बीच  मनमुटाव बढ्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाब बढ्नेछ । समय र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला । समय मध्ययम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ । समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्नसक्छ । पढार्इ लेखाइ तपाईं  आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत् मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी  गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाईमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरि हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुने हुँदा अन्य काम गर्न सहज हुनेछ । सरकारी  तथा प्रशासनिक क्षेत्रमा तपाईंको  बर्चस्व कायम रहने छ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाज जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला,  दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ, माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नोकरीमा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यवसायमा लगानी गरि मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप