शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वडा सदस्यलाई साइकल वितरण

बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ३२
बुधबार, ०४ मङ्सिर २०७६

विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ । जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताए । 

गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उनले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गरे । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषप्रसाद मण्डल, वडा नं ७ का वडाध्यक्ष विन्देश्वर साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा एवं वडा सदस्यहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप