बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड

बुधबार, ०४ मङ्सिर २०७६, ०६ : ५९
बुधबार, ०४ मङ्सिर २०७६

मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे  बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए । 

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप