
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने– अहिलेसम्म साथ दिएकोमा धन्यवाद, म भोलि केही गर्दैछु
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नेबारे ब्रिफिङ गरेको बताए । यद्यपि बाँस्कोटा यसबारे थप बोल्न चाहेनन् ।
बुधबारै बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
फणिन्द्र नेपाल
फणिन्द्र नेपाल नेपाली राजनीति क्षेत्रमा कलम चलाउँछन् ।
कमेन्ट
- Nov. 20, 2019, 7:59 a.m. हीराबुझे economics, बढी भन्दा बढी अनावस्यक कर लगाउने, लगानीलाई निरुत्साही बनाउने, बजार ध्वस्त बनाउने /
- 0 Reply
- Nov. 20, 2019, 5:18 a.m. Hari bahadur jirelGokul laai hataun mildaina bhane shari bikas deu kamayer khaos tara sanchar mantri pradip gyaoli or yoges banau
- 0 Reply