दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट
काठमाडौं– नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।
जेसीबीको नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गर्नु भएको थियो । यस क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुलाई सहज र सुलभ सेवा दिनका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बीएस सप्लायर्सका प्रबन्ध निर्देशक कृष्णराज पण्डितले बताए ।
‘अहिले देशका युवा विदेसिरहेका छन् । तर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको छ । विकासनिर्माण अब मानवले होइन मेसिनबाट मात्र सम्भव छ ।’ उनले भने, ‘वर्षौंदेखिको स्थापित ब्रान्ड भएकै कारणले हामीले जेसीबीको आउटलेट सुरु गरेका हौं । नेपालमै सबैभन्दा विश्वासिला ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं ।’
योसहित जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।
जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य राखेको जेसीबीका सिनियर सेल्स म्यानेजर कञ्चन सिलवाले बताए ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा