बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्मला प्रकरण ‘ट्वीस्ट’ गराउने चर्चित पात्र भण्डारी पक्राउ

मङ्गलबार, ०३ मङ्सिर २०७६, १६ : १८
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । 

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको मुद्दामा पक्राउ गरिएको बताए । 

भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए । 

पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कैद सजाय तोकेको थियो । 
 

निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए । 

पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । त्यसयता हत्यामा संलग्नलाई पक्राउको माग गर्दै लामो समय आन्दोलन समेत भएको थियो । तर सो प्रकरणमा अहिलेसम्म दोषी फेला पर्न सकेको छैन  । हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी निलम्बनमा परेका थिए । यसैबीच भण्डारी १ घन्टा कैद भुक्तान र १ रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप