नयाँ शक्तिले पार्टीबाट निकाल्यो देवेन्द्र पौडेलसहितका नेतालाई
शुक्रबार, ०२ भदौ २०७४, १७ : ३३
काठमाडौं । नयाँ शक्तिले असन्तुष्ट देवेन्द्र पौडेलसहितका नेतालाई निस्काशन गरेको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई निस्काशन गरेको हो ।
आज मात्र पौडेलको नेतृत्वमा बृहत धुव्रीकरण संयोजन समिति गठन गरेका थिए ।
केही दिन अगाडि मात्र पौडेलले नयाँ शक्तिको नीति भन्दा बाहिर गएर पत्रकार सम्मेलन गरेको आरोप लागेको थियो ।
देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिसँग डिभोर्सको तयारी, बन्यो ध्रुविकरण समिति
पत्रकार सम्मेलन गरेर पौडेलसहितका नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेपछि नयाँ शक्तिका संयोजक डा. भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरण पत्र बुझाएको केही दिनपछि पौडेलसहितका नेताहरुले औपचारिक ध्रुविकरणका लागि समिति बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना