शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको आरोप : सीमा बिबादबारे प्रधानमन्त्री मिडिया खपतका लागि मात्रै बोले

मङ्गलबार, ०३ मङ्सिर २०७६, १५ : २६
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले भारतसँगको सीमा बिबाद समाधान गर्न प्रभावकारी पहल नगरेको आरोप लगाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा बिबादबारे ‘मिडिया खपतका लागि मात्रै बोलेको’ आरोप लगाउँदै व्यवहारमा भने समस्या समाधानका लागि कुनै पहल नगरेको काँग्रेसको आरोप छ । 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सीमा बिबाद नयाँ समस्या नभएको बताउँदै अहिले थप पेचिलो बनेको बेला समाधानका लागि सरकारलाई काँग्रेस लगायत सबै दलले साथ दिएपनि प्रधानमन्त्रीले मिडिया खपतका लागि मात्रै बोलेको आरोप लगाए ।  

दुई दिनअघि प्रधानमन्त्रीले नेपाललाई अरुको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने बताएका थिए । 

 उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप