शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६: पोखरा– ९ मा मतदाता भेट्दै पौडेल

मङ्गलबार, ०३ मङ्सिर २०७६, १४ : ४६
मङ्गलबार, ०३ मङ्सिर २०७६

कास्की– कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेटेका छन् । बिहानैदेखि नेता तथा कार्यकर्ताका साथ भोट माग्दै घरदैलोमा पुगेका पौडेलले पोखरा क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

आफूले राजनीति थाल्दादेखि नै यहाँका हरेक सुखदुःखमा साथ दिँदै आएको बताउँदै उनले प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गर्ने अवसर दिन रुख चिह्नमा मतदान गरिदिन आग्रह गरे ।

काङ्ग्रेसले ११ वटै वडामा चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिहेको र आज दिनभर पोखरा महानगरपालिका वडा नं ९ र १७ मा उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप