प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाद्वारा औपचारिक रुपमा जिम्मेवारी बहन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाले आजबाट औपचारिक रुपमा जिम्मेवारी बहन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापा शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।
मंगलबार औपचारिक रुपमा जिम्मेवारी बहन गर्दै उनले सबै पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।
नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने