शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा खानीभित्र विष्फोट, १५ जनाको मृत्यु

मङ्गलबार, ०३ मङ्सिर २०७६, १३ : ३१
मङ्गलबार, ०३ मङ्सिर २०७६

एजेन्सी–चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।   

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामा भइ नै रहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउँछन् । –एएफपी/Photo: Reuters​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप