केन्द्रीय संस्करण
विश्व शौचालय दिवस

'शौचालय तपाईंको सभ्यताको मापदण्ड हो'

person explore access_timeमंसिर ३, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

जीवनका लागि खाना जति आवश्यक छ त्यति आवश्यक छ शौचालय । सरसफाइका दृष्टिले र मानव स्वास्थ्यका दृष्टिले पनि घर निर्माणसँग व्यवस्थित शौचालय अहिलेको अनिवार्य सर्त बनेको छ । शौचालय नभएको, भएर पनि व्यवस्थित र सफा नभए त्यो परिवार असभ्य ठहरिन्छ । त्यसैले अहिले यो प्रतिष्ठाको विषय पनि बन्दै गएको छ । तर अझै धेरै जनमानस शौचालयप्रति सचेत नभएकै अवस्था छ । ठूला ठूला व्यापारिक मल बनाउने तर शौचालयको निर्माण नगर्ने परिपाटी हाम्रो समाजमा विद्यमान छ । किनमेलका लागि सहर बजार गएका बेला शौचालय जानुपर्यो भने आपत नै पर्छ । जति खोजे पनि भेट्न मुस्किल पर्छ । सार्वजनिक शौचालय भेटिए पनि त्यहाँ पानी र सरसफाइको अभाव हुन्छ । शौच गर्नै नसकिने अवस्था हुन्छ । शौच गर्नेले पनि आफूले प्रयोग गरिसकेपछि सफा गर्नुपर्छ भन्ने ज्ञान नभएको देखिन्छ । तसर्थ अझै सार्वजनिक शौचालयको प्रयोगसम्बन्धी जनचेतनाको विकास हुन सकेको छैन ।  प्रस्तुत छ सार्वजनिक शौचालय सरसरफाइ र आवश्यकताका बारेमा काम गर्दै आएका श्रीकृष्ण सिम्खडासँगको कुराकानी :

शौचालयको महत्त्व के हो ?

शौचालय भनेको एउटा सभ्यताको प्रतीक हो । घर, समुदाय, त्यहाँको जनमानस सभ्य छ वा छैन भन्ने कुरा उनीहरूले प्रयोग गर्ने शौचालयबाट झल्किन्छ । सार्वजनिक शौचालय सफा भयो भने तुलनात्मक रूपमा त्यहाँका मान्छे राम्रा पनि हुन्छन् । सार्वजनिक तथा घरहरूको शौचालय प्रदूषित छ भने त्यहाँका मान्छेको शारीरिक तथा मानसिक अवस्था त्यस्तै खालको हुन सक्ने आँकलन गर्न सकिन्छ । शौचालय फोहोर गर्ने र त्यसप्रतिको सोच परिर्वतन गराउन पनि सफा गर्ने अभियानमा लागेको हुँ । शौचालय सफाइको साथसाथै महत्त्वका बारेमा जानकारी दिनको लागि यो अभियानमा चलाएको हो ।

शौचालय सफा राख्नुपर्छ भन्ने प्रायः सबैलाई थाहा छ तर व्यावहारिक रूपमा कदम चालेको पाइँदैन, तपाईंमा सार्वजनिक शौचालय सफा गर्ने कार्यलाई व्यावहारिक रूपमा उतार्ने सोच कसरी जागृत भयो ?

 हो, शौचालय सफा गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । यो काम छुटेको मलाई महसुुस भएको र प्रायः मानिसले गर्न नरुचाउने काममा पनि पर्छ । सार्वजनिक शौचालय सफा गर्न कम मान्छेको रुचिमा पर्ने हुँदा मैले यस कार्यलाई अगाडि बढाउनुपर्ने महसुस गरेर अभियानमा लगेँ । सार्वजनिक शौचालय सफा गर्ने श्रमजीवी मजदुरलाई उच्च सम्मान गर्छु किनभने अलिकति जान्ने बुझ्ने पढेका टाठाबाठाले चाहिँ छोडेको काम जस्तो पनि लाग्यो । कामका रूपमा गणना प्रायः कमले गर्ने हुँदा गणना नै नभएको काम गरौँ न त एक पटक भनेर फोहोर शौचालयले मलाई आकर्षित गर्यो । भलै यो अभियानका रूपमा गइसेपछि के हुन्छ भन्ने कुरा भन्न सक्दिनँ तर म गन्तव्यमा पुर्याएर सफा नेपाल स्वस्थ नेपाली भन्ने कुरालाई पूरा गर्ने मेरो अठोट छ ।

*****

यसरी मैले फोहोर थियो भन्दा नियमित रूपमा थोरै पैसामा सार्वजनिक शौचालय सफा गर्ने मजदुरलाई मैले बोलेको शब्दले न्याय र सम्मान गर्दैन । मैले गएर एकछिन सफा गर्दा म राम्रो बन्ने र नियमित रूपमा शौचालय सफा गर्ने नराम्रो बन्न सक्छ नि । सार्वजनिक शौचालय स्थापना तथा व्यवस्थापन गर्ने पक्षले काम अनुसारको पारिश्रमिक दिनुपर्छ । आवश्यक पर्ने स्थानमा जनशक्तिसँगै साधन स्रोत पनि उपलब्ध बनाइदिनुपर्छ ।

*****

उपत्यका क्षेत्रका स्कुल, क्याम्पस र कार्यालयको सार्वजनिक शौचालयको अवस्था सफा गर्ने बेलामा कस्तो पाउनुभयो ?

यस प्रश्नमा धेरै विचार गरेर बोल्नुपर्ने हुन्छ । पहिलो कुरा सार्वजनिक शौचालय सफा गर्न जाँदा फोहोर थियो । म गएपछि शौचालय सफा भयो भनाँै भने म गलत हुन सक्छु । तर मैले के भन्ने गरेको छु भने, नकारात्मक कुरा गर्दा हाम्रो सकात्मक पाटो चाहिँ छुट्ने पनि हुन सक्छ । जहाँ जाँदा पनि विद्यार्थी, शिक्षक र समुदायका मान्छेसँगै संयुक्त रूपमा शौचालयको सफाइ गर्छौं । सार्वजनिक शौचालय सफाइ गरिसेकपछि मैले के भन्ने गरेका छु भने नराम्रो थियो भन्दिनँ । शौचालय राम्रो थियो, राम्रो भयो आज झनै राम्रो भयो र सधैँभरी सफा तथा राम्रो हुनुपर्छ भनेर मैले भन्ने गरेको छु ।

यसरी तपाईंले भनिरहँदा सफा र व्यवस्थित शौचालय किन सफा गर्न जाने ?

यसरी मैले फोहोर थियो भन्दा नियमित रूपमा थोरै पैसामा सार्वजनिक शौचालय सफा गर्ने मजदुरलाई मैले बोलेको शब्दले न्याय र सम्मान गर्दैन । मैले गएर एकछिन सफा गर्दा म राम्रो बन्ने र नियमित रूपमा शौचालय सफा गर्ने नराम्रो बन्न सक्छ नि । सार्वजनिक शौचालय स्थापना तथा व्यवस्थापन गर्ने पक्षले काम अनुसारको पारिश्रमिक दिनुपर्छ । आवश्यक पर्ने स्थानमा जनशक्तिसँगै साधन स्रोत पनि उपलब्ध बनाइदिनुपर्छ । शौचालय सफा गर्ने मानिसको आत्म सम्मानमा टेवा पुग्ने खालको काम गरिदियो भने सबैतिरबाट राम्रो हुन्छ । खाली एक दिन सफा गरेर राम्रो हुँदैन । सार्वजनिक शौचालयको अवस्था राम्रो भएको धेरैले यो अभियान चलाउने थिएनन् ।

सार्वजनिक स्थलका शौचालय व्यवस्थापन गर्नका लागि महानगरपालिका, स्थानीय निकाय र स्वयं शौचालय प्रयोग गर्ने व्यक्तिले कस्तो भूमिका खेल्न सक्छ ?

देश सङ्घीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रीय तहमा भइसकेपछि सार्वजनिक शौचालय कस्तो बनाउने भन्ने उनीहरूको अधिकार हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा आफै नियम बनाउने हो भने त्यही अनुसार काम गर्ने सकिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा बजेट विनियोजन गरिन्छ । त्यसैगरी शौचालय निर्माण र व्यवस्थापन गर्नका लागि पनि बजेट छुट्याएर काम गर्नुपर्छ । जनसङ्ख्या, कार्य क्षेत्र र आवश्यकताका आधारमा शौचालय निर्माणसँगै व्यस्थापकीय कुरामा पनि ध्यान दिएको खण्डमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्न सकिन्छ । समय समयमा अन्य भौतिक संरचनाको निर्माण कार्य तथा अन्य समयमा अनुगमन गरिन्छ भने सार्वजनिक शौचालयको पनि अनुगमन गर्न आवश्यकता पर्छ ।

*****

सरकारले एकातिर खुला दिसामुक्त क्षेत्र घोषणा पनि गरेको छ । दिवस र चुनावी मौसममा मात्रै सार्वजनिक शौचालय सफा गर्ने औपचारिक कार्यक्रम गरेर प्रसार प्रचारमा आएर भोट तान्ने र नाम कमाउने अभिलाशाले यस्तो काम गर्नु उचित होइन । प्रत्यक्ष जनतामा असर गर्नेगरी व्यावहारिक रूपमा काम काम गर्न जरुरी छ । शौचालयलाई प्रचार प्रसारको भाँडो मात्र नबनाई हामी सबैले काम गर्न जरुरी छ ।

*****

भत्किएको वा बिग्रिएको छ भने त्यो पहिलाको जस्तो अवस्था छ वा छैन त्यसलाई हेर्नुपर्यो । सकारात्मक सोचबाट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । यसकारण कसैलाई गाली गलौज, नकारात्मक टीकाटिप्णी गर्दिनँ । सम्बन्धित पक्षले यस पक्षमा ध्यान दिन जरुरी छ । सार्वजनिक शौचालयलाई सुधार स्थानीय तहदेखि केन्द्रीय तहसम्म नीति बनाएर चाँडै व्यवस्थित बनाउनुपर्छ । अब ढिला भयो भने भनेर झकझकाउनका लागि यो अभियान अगाडि बढाइएको हो ।

व्यक्तिगत कुरा अरूले गरिदिने होइन । आफ्नो घरको शौचालय मात्रै सफा राख्ने होइन । छिमेकीको घरको झिँगा आफ्नो घरमा नआउला भन्न सकिँदैन । हामी सबै सामुदायिक प्राणी भएकाले घर र सार्वजनिक शौचालय प्रयोग गर्दा एकै खालको ध्यान दिन जरुरी हुन्छ । यो आम नागरिकको साझा दायित्व, कतव्र्यसँगै जिम्मेवारी पनि हो ।

खुला दिसामुक्त क्षेत्र घोषणा गरियो तर व्यवहारमा त्यो देखिँदैन । दिवसको दिन विविध औपचारिक कार्यक्रम गरेर मनाइन्छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरूले शौचालय सफा गर्ने अभियान सुरु गरेको पनि देखिन्छ । सार्वजनिक शौचालय व्यस्थान गर्ने यो तरिका कस्तो हो ?

सरकारले एकातिर खुला दिसामुक्त क्षेत्र घोषणा पनि गरेको छ । दिवस र चुनावी मौसममा मात्रै सार्वजनिक शौचालय सफा गर्ने औपचारिक कार्यक्रम गरेर प्रसार प्रचारमा आएर भोट तान्ने र नाम कमाउने अभिलाशाले यस्तो काम गर्नु उचित होइन । प्रत्यक्ष जनतामा असर गर्नेगरी व्यावहारिक रूपमा काम काम गर्न जरुरी छ । शौचालयलाई प्रचार प्रसारको भाँडो मात्र नबनाई हामी सबैले काम गर्न जरुरी छ । एक दिन आज यो दिवस भनेर मनाउन, खर्चबर्च पनि बेहोर्ने, उद्घाटन गर्ने प्रक्रिया र प्रवृत्ति नेपालमा शौचालयको हकमा मात्रै होइन सबै क्षेत्रमा छ । दिवस मनाएर परिणाम निकाल्न पनि जरुरी छ । नेपालमा विश्वले अवलम्बन गरेको स्वास्थ्य नीति भए पनि व्यावहारिक काम न्यून भयो । नीतिहरू व्यावहारिक नहुनुको मुख्य कारण के हो भने शासन सत्तामा पुग्ने नेतृत्वकर्ता पनि प्रायः सबै जना सङ्घर्षबाट आएर पनि शौचालय कुरा सानो ठाने । शौचालय व्यवस्थापन स्थानीय तहदेखि केन्द्रीय तहसम्म गर्नुपर्यो नि । हरेक स्थानमा बहस मात्रै गर्ने होइन, व्यावहारिक रूपमा अगाडि बढ्न जरुरी हुन्छ । जस्तै; नगरपालिका फोहोर छ भने हप्ताको १ एक दिन कर्मचारीले सफाइ गर्दा के फरक पर्छ ? सधैँ थोरै तलबमा काम गर्ने मजदुरले मात्रै गर्न पर्छ भन्ने त हुुँदैन । अभियान भनेकै त्यही त हो नि, हामी आफै गरौँ भन्ने । नगरपालिका, अस्पतालका कर्मचारी, स्कुल, कलेजका विद्यार्थी र सर्वसाधारणले सार्वजनिक शौचालय आफै सफा गर्छन् भन्ने सकारात्मक सन्देश पनि दिन सक्छौँ । यस्तै नर्सिङ होमका कर्मचारी, निजीक्षेत्रमा काम गर्ने कर्मचारी र मिडियामा काम गर्ने कर्मचारीले पनि आफूले प्रयोग गर्ने शौचालय हप्ताको एक दिन सफा गर्ने आँट गर्यौँ भने शौचालय सफा हुन्छ ।

साथै सार्वजनिक शौचालय, कार्यालय तथा स्कुल कलेज आदिमा सरसफाइ गर्ने काम जात र पेसाका आधारमा दिइएको छ । पछिल्लो समय मात्रै विस्तारै परिर्वतन हुँदै आएको छ । म बाहुनको छोरा पनि स्परको जागिर खान सक्छु त । लिच्छवि र मल्ल कालमा जातका आधारमा दिएको काम जोड्नुपर्छ । क्षमताको आधारमा कर्तव्य निर्धारण गर्ने परिपाटी मिलाउनुपर्छ । सरसफाइ गर्ने मान्छेलाई बेवास्ता गरिएको, सम्मान र इज्जत नदिइएकाले त्यो क्षेत्रमा काम गर्ने मानिस शोषित र पीडित हुन्छन् ।

सार्वजनिक शौचालय व्यवस्थान गर्न कस्ता खालका चुनौती छन् ? कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यसलाई व्यवस्थापन गर्न एउटा युनिट नै गठन गर्नुपर्छ । जस्तो अहिले स्थानीय निकायमा शिक्षा एकाइ, कानुन एकाइ भन्ने पनि छ । त्यस्तै एकाइ सार्वजनिक शौचालयको पनि बनाउनुपर्छ । सार्वजनिक शौचालय एकाइ नभएका कारणले अप्ठ्यारो स्थिति आएको हो । नगरपालिका र गाउँपालिकामा जनसङ्ख्या र कार्यक्षेत्रका आधारमा त्यस्तो एकाइ बनाउनुपर्ने हो तर छैन । देशको शासनको बाग्डोर सम्हाल्ने मानिसको सङ्कुचित सोचले गर्दा नयाँ शौचालय बनेन् र भएकालाई पनि व्यवस्थापन गर्न वास्ता नगरिएको जस्तो देखिन्छ । विगतदेखि नै शासकले फाइबस्टार होटेलमा चिया चुरोट खाने र त्यही बाहाना गरी त्यतै दिसापिसाब गर्थे । त्यस्तालाई सार्वजनिक शौचालय खोज्न हिँड्ने सर्वसाधारणको कथाव्यथा  थाहा नै हुँदैन ।

सार्वजनिक शौचालय भत्काएर व्यापारिक महल बनाइन्छ तर त्यो स्थानमा अर्को शौचालय बनाएको पाइँदैन । व्यवसाय गर्ने उद्देश्य भवन बनाइन्छ । त्यहाँ धेरै मानिसको आवतजावत हुन्छ । व्यापारिक केन्द्र बनाउनेले शौचालय बनाउनुपर्छ भन्ने सोच हामीमा विकास भएको पाइँदैन । व्यापारिक केन्द्र सँगसँगै कुनै विकासको पूर्वाधार निर्माण गर्दा सार्वजनिक शौचालय आवश्यक पर्छ भन्ने सोच पनि आउनुपर्यो । बजारमा १० मिनेटसम्म शौचालय खोज्दा पनि पाइँदैन । भए पनि पैसा तिरेर ढुङ्ढुङ्ती गन्हाउने फोहोरी शौचालय प्रयोग गर्नुपर्छ ।

कलाकारिता क्षेत्रमा रमाएको मान्छे, सुरुमा सार्वजनिक शौचालय सफा गर्दै हिँड्दा सम्बन्धित निकाय र आफन्तजनको कस्तो प्रतिक्रिया पाउनुभयो ?

मेरो ब्रह्म र आत्माले यो काम राम्रो हो गर भन्यो । मेरो आत्माले त्यही भन्यो । आत्मालाई न्याय गर्दै यस अभियानमा लागेँ । सकारात्मक नकारात्मक जस्तोसुकै प्रतिक्रिया आए पनि टाउको दुखाइनँ । अरुले के भन्छन् भन्दा पनि आत्मले भनेको काम गरेँ । जसले जे भने पनि यो अभियानलाई निरन्तर आगाडि बढाउँछु । सार्वजनिक शौचालयका लागि एक वर्षसम्म काम गर्ने सोच बनाएको छु ।

सार्वजनिक शौचालय सफा गर्दा आर्थिक जोहो पनि गुर्नपर्छ होला, कसरी जुटाउनुहुन्छ ?

शौचालय सफा गर्न ठूलो आर्थिक रकम आवश्यकता पर्दैन । ४–५ वटा हर्पिक, एक प्याकेट माक्स र पन्जा किन्न धेरै रकम चाहिँदैन । एउटा समाजसेवा गर्छु भनेर समर्पित भएको मान्छेले सानो कुरामा लोभ गर्यो भने उसको ठूलो कुरा गुम्न सक्छ । पहिला म आफै लैजान्थेँ, आजभोलि भने स्कुल कलेजहरूमा पुग्दा आफै तयार गरेर बस्छन् । अब त मलाई भार कम हुँदै गएको छ । मैले ठूलो बाघ त मारेको त होइन, समाज सेवा गर्दा १५, १७ सय खर्च गर्न डराउनु हुँदैन । बाहिर चिया खाजा खान कम र साथीभाइसँग भेट्दा खर्च गर्ने रकमलाई कम गरेँ भने यो काम गर्न सकिन्छ । इच्छाशक्ति भयो भने गर्न सक्छौँ । पहिला मैले एक्लै एक्लै गरेको थिएँ अहिले कलेज स्कुलमा त्यहीँका शिक्षक, विद्यार्थीले सफा गर्न साथ दिन्छन् । मलाई पढाउने गुरु आएर त्यो प्यान, कोपरा, चर्पी सफा गर्नुहुन्छ अहिले । यसको सन्देश फैलिँदै गएका कारण सार्वजनिक शौचालयको सफाइ अरूले पनि सँगसँगै गर्दै आएका छन् ।

सार्वजनिक शौचालय स्थापना गर्न र भएका शौचालयलाई थप व्यवस्थित गर्न कस्ता खालका मापदण्ड अपनाउनुपर्छ ?

सार्वजनिक शौचालयसम्बन्धी एउटा सशक्त मापदण्ड बनाउनुपर्छ । भौतिक संरचना बनाउनुपर्छ । कुन प्रकारको बनाउने, अन्तर्राष्ट्रिय स्तरको बनाउने कि नेपालको मौलिकता अनुसारको, त्यसमा सम्बन्धित निकायले ख्याल गर्नुपर्यो । दोस्रो कुरा, त्यहाँको जनघनत्व कति छ ? कति दुरीमा राख्ने पर्ने हो ? मापदण्ड बनाउनुपर्छ । जस्तै; एउटा वडामा कतिवटा सार्वजनिक शौचालय राख्ने हो, जनघनत्व र मानिसको चापका आधारमा छलफल र आवश्यकता अनुसार शौचालय निर्माण गर्नुपर्छ । जनशक्ति कति राख्ने भन्ने कुरा त्यहाँका जनताको जनचेतनाले निर्धारण गर्छ । स्थानीय निकायले चर्पीसम्बन्धी ऐन पनि ल्याउन प्रस्ताव गर्नुपर्छ । खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्ने तर शौचालय नै नबनाई बस्नु त भएन नि ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...