केन्द्रीय संस्करण
जीवनकथा

सँगै बास बसेकी युवतीको मृत्यु भएपछि मोडिएको यात्रा

प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमको जीवनकथा

person explore access_timeमंसिर ३, २०७६ chat_bubble_outline0

काठमाडौँ । सामान्य परिवारमा जन्म, पढाइमा अब्बल, अमेरिका जाने सपना त्यागेर नेपालमै चिकित्सक कर्म, राजधानीका सुविधासम्पन्न अस्पतालका तुलनामा विभिन्न जिल्लामा गएर बिरामीहरुको सेवा गर्ने चाहना ।

झट्ट सुन्दा कसैको जीवनमा यस्ता खुड्किलाहरु पार भए भनेर कमैले पत्याउँछन् । किनकि सामान्य परिवारको सन्तानले चिकित्सा अध्ययनमा सामथ्र्य जुटाउनु आफैँमा चुनौतीपूर्ण परिस्थिति हो भने पढाइमा अब्बल रहेर अन्य प्रतिकुलतालाई चिर्दै अमेरिका जाने सपनाको नजिक पुगिसकेको मानिस नेपालमै बिरामीको सेवा गरेर बस्छ भने पनि धेरैका लागि पत्याउन कठिन प्रसंग हुन सक्छ । त्यसमा पनि राजधानीका सुविधासम्पन्न अस्पताल होइन, विभिन्न जिल्लाका सामान्य अस्पतालमा सरुवा मागेर बिरामीको सेवा गर्ने चिकित्सक कमै भेटिन्छन् ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमको जीवन यस्तै खुड्किलाहरु पार गर्दै आजको अवस्थासम्म आइपुगेको हो । हाल परोपकार तथा प्रसूति गृहको निर्देशक रहेका उनी ‘फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र ?’ भन्ने उक्तिको एउटा नमूना पनि हुन् ।

पर्वतको मोदी गाउँपालिका वडा नं. ७, राम्जा देउरालीमा वि.सं. २०१९ साउन २९ गते जन्मेका जागेश्वर तीन दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय छन् । सामान्य परिवारका सन्तान उनको बाल्यकाल, प्रारम्भिक अध्ययन, विद्यालय जीवन गाउँकै अन्य बालबालिकाको जसरी नै बित्यो । उनका बुबा भारतमा काम गर्थे भने छोराछोरी हुर्काउने, खेतीपाती गर्ने जिम्मा आमाको काँधमा थियो । सानो एक भाई र दुई बहिनीको रेखदेखसँगै आमालाई सघाउने जिम्मा जागेश्वरमा थियो ।

*****

एसएलसीपछि उनले आफैँ पढेको स्कूलमा कक्षा १० सम्म पढाउने काम पाए । त्यो समयमा उनले मासिक २५५ रुपैयाँ तलब पाउथे । आफ्नो र परिवारको आवश्यकता पुरा गर्न यसले केही टेवा पुग्थ्यो । उनले शिक्षक पेसा छाडेर थप अध्ययनका लागि काठमाडौँ आउने निधो गरे । त्यतिबेला उनको तलब बढेर ३७० रुपैयाँ पुगेको थियो ।

*****

कक्षा ३ सम्म उनले घर नजिकैको स्कूलमा पढेका उनले कक्षा ४ देखि १० सम्म राम्जाठानीको एक स्कूलमा पढे । उनी पहिलो डिभिजनमा एसएलसी पास भए ।

२५५ रुपैयाँ मासिक तलब

एसएलसीपछि उनले आफैँ पढेको स्कूलमा कक्षा १० सम्म पढाउने काम पाए । त्यो समयमा उनले मासिक २५५ रुपैयाँ तलब पाउथे । आफ्नो र परिवारको आवश्यकता पुरा गर्न यसले केही टेवा पुग्थ्यो । उनले शिक्षक पेसा छाडेर थप अध्ययनका लागि काठमाडौँ आउने निधो गरे । त्यतिबेला उनको तलब बढेर ३७० रुपैयाँ पुगेको थियो ।

काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ०३९ देखि ०४२ सालसम्म प्रमाणपत्र तह (हेल्थ असिस्टेण्ट) अध्ययन गरे । दुई वर्ष उनले सोही अस्पतालमा काम गरे । सोही क्रममा उनले ०४५ देखि ०५० सालमा एमबिबिएस अध्ययन सके । यो समयसम्ममा उनले विवाह गरिसकेका थिए र साथमा छोरी पनि थिईन् ।

डाक्टर बन्ने उनको कुनै योजना थिएन । तर समय, परिस्थिति र आफ्नो लगनशीलताले उनलाई डाक्टर बनायो । आमा मुटु रोगी । आमाको उपचार गराईराख्नु पथ्र्याे । उपचारकै क्रममा डाक्टर, नर्सहरुले बिरामीप्रति गरेको व्यवहार उनलाई मन परेन । बिरामी र बिरामीको आफन्तहरुलाई डाक्टर र नर्सले राम्रो व्यवहार नगरेको उनी आफैँले भोगे ।

त्यसपछि उनमा डाक्टर बन्ने सपना हुर्किन थाल्यो । उनी भन्छन्, ‘आमाको उपचारको क्रममा अस्पताल धाउँदा–धाउँदै अठोट गरेँ– डाक्टर बन्छु तर यी डाक्टरहरुजस्तो चाहीँ बन्दिनँ । सबै बिरामीलाई राम्रो व्यवहार गर्छु ।’

परिर्वतन ल्याएको राराको त्यो रात

उनी डाक्टर त बने तर उनकी आमाले छोरा डाक्टर बनेको देख्न पाइनन् । उनी अध्ययनको लागि काठमाडौँ आएकै वर्ष आमाको निधन भयो । हरेक दुःख–सुखमा साथ दिने आमा नहुँदा उनले धेरै कुराको अभाव झेले । निकै कष्टका साथ एमबीबीएस सके ।

त्यसपछि उनी अमेरिका जाने तयारी गर्दै थिए । अमेरिका जानु केही समयअघि उनी रारा घुम्न निस्किए । आफू बास बसेको ठाउँमा उनले अन्दाजी १६÷१७ वर्षकी युवती सुत्केरी हुन नसकी थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान डोकोमा बोकेर ल्याएको देखे । संयोगबस् ती बिरामी र जागेश्वर एकै ठाउँमा बास बस्नुप¥यो । ती गर्भवती महिलाको सोही रात निधन भयो ।

देशमा स्वास्थ्य संस्था र चिकित्सकको अभावकै कारण ती महिलाले ज्यान गुमाउनु परेको पीडा डा. जागेश्वरलाई प¥यो । थप अध्ययन विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा गर्ने सोच बनाएर रमाईलोका लागि रारा निस्केका उनलाई ती महिलाको पीडाले निकै पिरोल्यो ।

*****

डा. जागेश्वर भन्छन्, ‘गाउँको विद्यालयमा अध्ययन गरेर काठमाडौँमा डाक्टर पढ्नु एकदमै गाह्रो थियो ।’ गाउँका विद्यालयमा नेपाली माध्ययमबाट अध्ययन हुने भएकाले उनको अंग्रेजी विषय कमजोर थियो । जागेश्वरले ६ महिनासम्म पढाइ नै बुझेनन् किनकि अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो ।

*****

अन्ततः उनले अमेरिका जाने इच्छा त्यागे, र नेपालमै प्रसूति तथा स्त्री रोग विशेषज्ञ विषय लिएर अध्ययन गर्ने अठोट लिए । उनमा जुनसुकै विषय लिएर अध्ययन गर्न सक्ने क्षमता थियो । त्यसैले उनले रोजेरै प्रसूति तथा स्त्री रोग अध्ययन गरे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययनसँगै प्रसूति गृहमा उपचार सेवा दिन थाले ।

सुरुका ३ वर्ष परोपकार प्रसूति गृहमा उनले काम गरे । एमडी सक्दा उनले राम्रो नतिजा ल्याए । गिरिजाप्रसाद कोइरालाको हातबाट उनले गोल्ड मेडल प्राप्त गरे । करिअरको यो समयसम्म उनले लोकसेवामा नाम निकालीसकेका थिए ।

राजधानीमा अध्ययन गरेको, राजधानी मै अध्ययनको सिलसिलामा काम गरेको मान्छे, उनले पहिलो पोस्टिङ राजविराज मागे । स्वास्थ्य मन्त्रालयका तत्कालिन सचिव भोजराज पोखरेल अचम्ममा परे । काठमाडौँ बाहिर पोस्टिङ माग्ने कमै चिकित्सकमध्ये उनी एक थिए । पहिलो पोस्टिङ राजविराज भयो । त्यसपछि उनी भद्रपुर, चितवन, सुर्खेत, गोरखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सह–सचिव हुँदै परोपकार तथा प्रसूति गृहको निर्देशकमा हाल कार्यरत छन् ।

अंग्रेजीबाट पढाई हुँदा ६ महिना केही बुझिनँ

डा. जागेश्वर भन्छन्, ‘गाउँको विद्यालयमा अध्ययन गरेर काठमाडौँमा डाक्टर पढ्नु एकदमै गाह्रो थियो ।’ गाउँका विद्यालयमा नेपाली माध्ययमबाट अध्ययन हुने भएकाले उनको अंग्रेजी विषय कमजोर थियो । जागेश्वरले ६ महिनासम्म पढाइ नै बुझेनन् किनकि अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो ।

*****

उनले चिकित्सा क्षेत्रमा सेवा दिन थालेको ३३ वर्ष पुरा भईसकेको छ । नेपाल सरकारमा  सेवा दिन थालेको २५ वर्ष भयो । अहिले पनि महिलाको स्वास्थ्य सम्बन्धी समस्यामा सकेसम्म महिला चिकित्सकको खोजी हुन्छ । अझ डा. जागेश्वर प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुँदा महिलाको समस्या महिलालाई नै भन्न सक्ने अवस्थासम्म थिएन । पुरुष भएर प्रसुति सेवामा काम गर्नु उनका लागि कम चुनौतीपूर्ण रहेन ।

*****

पढाएको नै नबुझ्ने भएपछि अब कसरी अध्ययन अघि बढाउने भन्ने उनमा चिन्ता भयो । विभिन्न नाम चलेका विद्यालय अनि भारतबाट पनि अध्ययन गर्न आएका अन्य विद्यार्थीको अगाडी उनलाई आफू कमजोर भएजस्तो महसुस भयो । चिकित्सा विषय अध्ययन गर्न नसक्ने पो हो कि ! चिकित्सा शिक्षा रहरमात्रै पो हुने होकि भन्नेजस्ता अनेक प्रश्नहरु मनमा उब्जिन थाले । तर उनले थप ६ महिनामा धेरै मेहनत गरे । अन्ततः परीक्षामा सोचेभन्दा राम्रो नतिजा उनले हात पारे । अबचाहीँ अध्ययन गर्न सकिन्छ भन्ने विश्वास जाग्यो । उनी भन्छन्, ‘मेहनत गर्ने हो भने असम्भव भन्ने केही पनि हुन्न रैछ ।’

महिलाहरु परपर हुन्थे

उनले चिकित्सा क्षेत्रमा सेवा दिन थालेको ३३ वर्ष पुरा भईसकेको छ । नेपाल सरकारमा  सेवा दिन थालेको २५ वर्ष भयो । अहिले पनि महिलाको स्वास्थ्य सम्बन्धी समस्यामा सकेसम्म महिला चिकित्सकको खोजी हुन्छ । अझ डा. जागेश्वर प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुँदा महिलाको समस्या महिलालाई नै भन्न सक्ने अवस्थासम्म थिएन । पुरुष भएर प्रसुति सेवामा काम गर्नु उनका लागि कम चुनौतीपूर्ण रहेन ।

*****

१६ पटक गर्भपतन गराएकी एक महिलाको १७ औँ पटकको गर्भ अवस्थामा पाठेघरको मुखमा टाका लगाएर गर्भमा शिशुलाई सुरक्षित तुल्याउनु परेको थियो । ९ महिनापछि शल्यक्रिया गरी शिशु जन्माइयो । त्यो शिशु अहिले २१ वर्षको लक्का जवान भईसकेको उनले बताए । आफ्नो चिकित्सा क्षेत्रको यात्रामा उनी यसलाई दूर्लभ घटना मान्छन् ।

*****

प्रसूति तथा स्त्री रोग विशेषज्ञ भएपछि फरक किसिमका चुनौतीहरु थपिदै गए । एक त महिला आफ्नो समस्या खुलस्त भन्दैनथे । अस्पताल पनि निकै कम आउने गर्थे । आएकामध्ये धेरैको चाहना डा. जागेश्वरले नजाँचे हुन्थ्यो भन्ने हुन्थ्यो । बल्लतल्ल डा. जागेश्वर भएको कोठामा छिरे पनि जाँच गर्नुभन्दा औषधि लेखेर दिए हुन्थ्यो भन्ने चाहना बिरामीहरु राख्थे । उनलाई एमडी गर्दा बिरामीहरु पर–पर भएको भान भयो । तर स्त्री रोग सम्बन्धी उनको विषय नै भएको हुँदा बिरामी पर भए पनि उनी बिरामीको नजिक हुँदै सेवा अझ सहज बनाउनु पर्ने बाध्यता थियो ।

‘तर म महिला भएको भए बिरामी हेर्न पनि सक्दैनथेँ होला,’ उनी भन्छन्, ‘सरकारी अस्पताल बाहेक नीजिमा पनि मैले सय जना बिरामी हेर्नुपथ्र्यो तर म महिला भएको भए १२० हेर्नुपथ्र्याे होला । मेरो लागि सधैँ त्यो सम्भव हुँदैनथ्यो ।’

आमा बिरामी भएको समयमा चिकित्सक र नर्सले गरेको व्यवहारकै नराम्रो छाप परेर होला, उनी बिरामीहरुलाई नम्र व्यवहार गर्छन् । जीवनको यो खण्डसम्म कति जनाको स्वास्थ्य परीक्षण गरे भन्ने उनलाई सम्झना छैन तर अहिलेसम्म २८ हजार भन्दा धेरै ‘मेजर अपरेशन’ गरिसकेका छन् । यति धेरै मेजर अपरेसन गर्दा एक जनाको पनि नराम्रो घटना सहनु परेन उनले ।

अविश्मरणीय घटना

१६ पटक गर्भपतन गराएकी एक महिलाको १७ औँ पटकको गर्भ अवस्थामा पाठेघरको मुखमा टाका लगाएर गर्भमा शिशुलाई सुरक्षित तुल्याउनु परेको थियो । ९ महिनापछि शल्यक्रिया गरी शिशु जन्माइयो । त्यो शिशु अहिले २१ वर्षको लक्का जवान भईसकेको उनले बताए । आफ्नो चिकित्सा क्षेत्रको यात्रामा उनी यसलाई दूर्लभ घटना मान्छन् ।

यस्तै, दुई सन्तानपछि परिवार नियोजन गरेकी एक महिलाले दोस्रो विवाह गरिन् । दोस्रो श्रीमानबाट सन्तान जन्माउने उनको चाहना थियो । तर परिवार नियोजन गरेको हुँदा उनलाई असम्भवजस्तै लागेको थियो । चितवनमा हुँदा डा. जागेश्वरले पहिलो पटक परिवार नियोजन उल्टाउने अपरेशन गरे । ती महिलाले एक छोरा र एक छोरी जन्माईन् । ती महिलाले सन्तान जन्माउँदा जागेश्वरमा खुशीको सीमा थिएन ।

मेडिकलको क्षेत्रमा नयाँ कुरा सिक्न र नयाँ तरिकाबाट सेवा प्रदान गर्न उनलाई निकै रमाईलो लाग्छ । चुनौतीसँग डटेर काम गर्ने डा. जागेश्वरले अहिले पेट चिरेर पाठेघर निकाल्ने प्रविधि छाडिसकेका छन् । उनले ल्याप्रोस्कोपी अर्थात दुर्बिनको प्रयोगबाट पाठेघरको अपरेशन गर्न थालेका छन् ।

चितवन अस्पतालमै एक महिला दोस्रो सन्तान जन्माउन आईन् । ती महिलाको पाठेघर ६ सेन्टीमिटर खुलेको थियो । उनी एक्कासी बेडमै ढलिन् । डा जागेश्वर त्यहाँ पुग्दा ती महिला निलो भईसकेकी थिईन् । निकै प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन् ।

एउटा सन्तानलाई जन्म दिनका लागि अस्पताल पुगेकी आमालाई बचाउन नसक्दा उनी निकै दुःखी थिए । भन्छन्, ‘मसँग थप दुई÷तीनजना चिकित्सक भएको भए आमाको निधन भए पनि बच्चा जीवित निकाल्न सकिन्थ्यो तर त्यो समयमा चिकित्सक अभाव थियो । यहाँ प्रसूति गृहमा पनि मैले निधन भएको आमाको पेटबाट जीवित बच्चा निकालेको छु ।’

प्रभावकारी सेवा अझै बढेन

उनी प्रसूति तथा स्त्री रोग विशेष हुँदा नेपालमा ७० देखि ८० जना स्त्री रोग विशेषज्ञ थिए । हाल ६ सयको हाराहारीमा छन् । उनी डाक्टर बन्दा १ हजार ९ सय ४६ नम्बरमा थिए । अहिले नेपालमा चिकित्सकको संख्या २५ हजारभन्दा धेरै भईसकेको छ । उनले चिकित्सा क्षेत्र सुरु गर्दाको तुलनामा अहिले चिकित्सकहरुको संख्या धेरै बृद्धि भए पनि नागरिकले प्रभावकारी सेवा अझै पाउन नसकेको उनको गुनासो छ ।

उनी चिकित्सा शिक्षा अध्ययन गर्दै गर्दा नेपालको मातृ मृत्यूदर ५ सय ३९ थियो । अहिले २७० मा झरेको छ तर यो सोचेअनुसारको सफलता नभएको उनकै तर्क छ । डा.जागेश्वर मातृ मृत्युदर घट्नुमा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले हाम्रो कारणले हो भन्दै आईरहे पनि आफु मान्न तयार नभएको बताउँछन् । भन्छन्, ‘मातृ मृत्युदर घट्नुको कारण माईग्रेसन थियो । माओवादी आन्दोलनको बेला दुर्गमका धेरै मान्छेहरु सुगम बस्न थाले । सहरमा स्वास्थ्य सेवा पाएपछि मातृमृत्युदर घटेको हो ।’

आफ्नो व्यक्तिगत कुनै पनि इच्छा, आकांक्षा नरहेको उनी बताउँछन् । भन्छन्, ‘मैले एउटा नागरिक भएर जति पाउनुपर्ने थियो, पाईसकेँ । तर देशले सबै पाएको छैन । म चाहन्छु सबै जिल्लामा समस्या भएका गर्भवती आमाहरुको अपरेशन गर्न सकियोस् । शिशु जन्मिसकेपछि उसको स्वास्थ्य र शिक्षाको जिम्मा सरकारले लिनुपर्छ ।’

कुनै पनि मान्छे पैसा हुँदा उपचार पाउने र पैसा नहुँदा नपाउने हुन नहुने उनको भनाइ छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...