शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानद्वारा म्याग्दीमा विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

मङ्गलबार, ०३ मङ्सिर २०७६, १० : ०९
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । जापान सरकारको सहयोगमा म्याग्दी जिल्लास्थित श्री देउराली विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । करीब ९२ लाख रुपैया सहयोगमा निर्माण गरिएको हो ।

नेपालस्थित जापानको दूतावासका सेकेन्ड सेक्रेटरी योसिकी सान्डोले एक कार्यक्रमबीच विद्यालयको नवनिर्मित हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै सान्डोले जापान सरकारको सहयोगले ग्रामिण क्षेत्रमा शिक्षाको वातावरण सुधार गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

आठ कक्षा भएको भवन निर्माण गर्नका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टले सन् २०१७ मा अनुदान सहयोग गरेको थियो ।

प्राथमिक तहदेखि कक्षा ८ सम्म विद्यालयमा करीब २ सय विद्यार्थी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप