शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानद्वारा परमाणु हातियार बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०८ : ५५
मङ्गलबार, ०३ मङ्सिर २०७६

एजेन्सी । पाकिस्तानले सोमबार परमाणु हातियार बोक्न सक्ने शाहीन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । सतहदेखि सतहमा मार हान्ने सक्ने यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ ।

यसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

पाकिस्तानी सेनाको मिडिया विङ्ग इन्टर–सर्विसेस पब्लिक रिलेशन्स (आईएसपीआर) ले नियमित अभ्यास प्रक्रिया अन्तरगत शाहीन–१ क्षेप्यास्त्रको परीक्षण गरिएको जानकारी दिएको छ ।

यसको उद्देश्य सेनाको उपयोगका लागि क्षेप्यास्त्रको उपलब्धता जाँच्न रहेको जिकिर गरिएको छ ।

शाहीन–१ ६५० किलोमिटर टाढासम्म सबै प्रकारको हतियार बोकेर जान सक्षम रहेको छ । आईएसपीआरले ट्वीट गर्दै क्षेप्यास्त्र परीक्षणको भिडियो सार्वजनिक गरेको थियो ।

यसअघि २९ अगस्तमा पाकिस्तानले सतहदेखि सतहसम्म मार हान्न सक्ने गजनवी क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यसले २९० किलोमिटर टाढासम्म मार हान्न सक्ने बताइएको थियो ।

यता, भारतीय वायु सेनाले पनि अक्टोबरमा सतहदेखि सतहसम्म मार हान्ने सक्ने ब्रम्होस सुपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यसले ३ सय किलोमिटर टाढासम्म लक्ष्यलाई सफलतापूर्वक निशाना बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप