बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिककी गायिका सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु ? यस्तो छ वास्तविकता

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०७ : ४७
मङ्गलबार, ०३ मङ्सिर २०७६

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।

 – भाइरल भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ ।

 – क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु भएको छ ।

– यो खबरलाई फेसबुकमा पनि सेयर गरिँदैछ ।

के हो वास्तविकता ?

– सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकासित गरेको छैन ।

– डियोन जीवित छिन् र विमान दुर्घटनाजस्तो कुनै पनि घटना घटित भएको छैन ।

– उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन । यो वेबसाइटको होमपेज पनि छैन ।

– अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन् । केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप