शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः आशयपत्र जारी हुन समय लाग्ने

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०७ : ३७
मङ्गलबार, ०३ मङ्सिर २०७६

पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन  आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । 

सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट ९एजी०लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असोज ६ गते बसेको लगानी बोर्डको ४० औं बोर्ड बैठकले तोकिएको मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने बताएको थियो । 

साथै, लगानी बोर्डले २ महिनाभित्रै विमानस्थल निर्माणका लागि शायपत्र जारी गर्ने तथा सो आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्ड समक्ष अफ्नो विस्तृत प्रस्ताव पेश गर्नुपर्ने बताएको थियो । तर, दुई महिना बित्न एक साता बाँकी रहँदा पनि आशयपत्र कहिले जारी हुने टुंगो लागेको छैन । लगानी बोर्ड स्रोतका अनुसार आशयपत्र जारी हुन अझै दुईदेखि तीन साता लाग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप