औषधिमा विकृतिः दुई भारतीय उद्योग जीएमपीमा असफल
नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय उद्योग ‘गुड म्यानिफ्याक्चर प्राक्टिस’ अर्थात् ‘जीएमपी’ मापदण्डमा असफल भएका छन् ।
नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा ‘गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन ?’ भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ उद्योगमा पुगी जीएमपी मापदण्ड निरीक्षण गरेको थियो । विभागद्वारा सार्वजनिक प्रतिवेदनमा ‘पटना विहारमा रहेको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुरस्थित युनिजुलेस लाइफ साइन्सेज’ रहेको उल्लेख छ । यी उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन