नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो
काठमाडौं – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशको यू–२३ टोलीसँग आठ विकेटले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपालले दिएको एक सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए । नेपालका सुशन भारी र करण केसीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रर्दशन गर्न सकेनन् । सोमपालले ३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गरेका थिए । मल्ले २२ र भुर्तेल १० रन बनाए । करण केसीले १८ र आरिफ शेखले ११ बनाएका थिए ।
बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान तीन तीन विकेट लिए । तान्भिर इस्लामले दुई तथा मेहेदी हसनले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू