शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के गर्भवती भएकाले यी नायिकाले लिनुपर्यो हतारमा विवाहको निर्णय ? (तस्बिरहरु)

शुक्रबार, ०२ भदौ २०७४, १६ : २५
शुक्रबार, ०२ भदौ २०७४

स्टाइल (सन् २००१), शादी नम्बर १ (सन् २००५) र पेइंग गेस्ट (सन् २००९) जस्तो फिल्मकी नायिका रिया सेनको विवाहका केही फोटो सार्वजनिक भएका छन् । फोटो हेर्दा यो अन्दाज लगाउन सकिन्छ छ उनको विवाह बंगाली शैलीमा भएको छ । भारतका केही मिडियाले रिया गर्भवती भएको दाबी गरिरहेका छन् । यसैकारण उनले हतार हतारमा विवाहको निर्णय लिएको बताइएको छ । यद्यपी, यसको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

बुधबार भयो विवाहः

रियाका नजिकको स्रोतले एक पत्रिकालाई दिएको जानकारी अनुसार विवाह बुधबार पुणेमा भएको हो जहाँ दुबै पक्षका केही परिवारका सदस्य र निकै नजिकका साथी उपस्थित थिए ।

रियाका श्रीमान् शिवम तिवारी फोटोग्राफर हुन् । उनी धेरैजसो ट्राभल ट्रिप र डेस्टिनेशन्सका फोटो सोसल मिडियामा सेयर गर्दछन् । पछिल्ला केही वर्षदेखि यी दुई डेट गरिरहेका थिए ।

अन्तिम पटक ‘डार्क चकलेट’ मा देखिइन् रियाः

रिया एकता कपूरको वेब सिरिज ‘रागिनी एमएमएस २.२’ का कारण चर्चामा छिन् । ठूलो पर्दामा उनलाई अन्तिम पटक फिल्म ‘डार्क चकलेट’ मा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप