‘गुड न्युज’ ट्रेलरमा अक्षय र करिनाको भरपुर कमेडी
मुम्बई– अभिनेता अक्षयकुमार र अभिनेत्री करिना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’ का ट्रेलर सार्वजनिक भएको छ । फिल्मभित्र रहेको कमेडी प्लट समेटिएको ट्रेलरमा अक्षयकुमार, करिनाको अलवा दिलजित दोसान्झ र कियारा आडवाणी समेत देखिएका छन् ।
यसअगाडि फिल्मका तीन पोस्टर सार्वजनिक गरिएको थियो । जसमध्ये एकमा अक्षयकुमार दुई गर्भवती महिलाको पेटको बीचमा देखिएका थिए । फिल्मको कथा दुई जोडी बत्रा परिवारको हो । दुबै जोडीले बच्चा पैदा गर्न इन विट्रो फर्टिलाइजेशन आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । दिलजित–कियारा र अक्षय –करिनाको गुड न्युजका बीचमा सबै कुरो उल्टोपुल्टो हुन्छ ।
सोही क्रममा करीनामा दिलजित र कियारमा अक्षयका स्पर्म ट्रान्फर हुन्छ । जब स्पर्म मिक्स हुन्छ । तब फिल्मको कहानी अगाडि बढ्छ । ट्रेलर सार्वजनिक हुने बितिकै दर्शकले पनि निकै मन पराएका छन् । ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ फिल्मबाट दर्शकले निकै मनोरन्जन लिन सक्छन् ।
‘गुड न्युज’ मार्फत लामो समयपछि करिना र अक्षयले एकसाथ काम गरेका हुन् । करण जौहरको यो फिल्म २७ डिसेम्बरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु